काठमाडौँ, ११ बैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ ।




