चाँडै कम्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चा बनाएर अघि बढ्छौँ : माधव नेपाल

`

     २०८० वैशाख १० गते ३:२८

काठमाडौँ, १० बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको बताउँदै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको भन्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?