कोदो खाएर म म्याराथनमा दौड्न सक्ने भएको छु : झलनाथ खनाल

`

     २०८० वैशाख ०८ गते २:१८

काठमाडौँ, ८ बैशाख । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिएका हुन् । उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए ।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान् भएको बताए । उनले हरेक कुरालाई पराजय गर्नका लागि आत्मविश्वासको आवश्यक्ता रहेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?