काठमाडौँ, ८ बैशाख । सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यद्यपि, यता चाँदीको मूल्य स्थिर रहदैँ प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




