कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ आज

`

     २०८० वैशाख ०७ गते १०:२४

काठमाडौँ, ७ बैशाख । कर्णालीमा नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्रीको शपथ आज हुने भएको छ ।

आज दिउँसो १२:३० मा मन्त्रीहरुले शपथ लिने भएका छन् । यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन ।

कांग्रेसबाट जाजरकोटका बेदराज सिंह, सुर्खेतका खड्गबहादुर पोखरेल र दैलेखका कृष्णकुमार बिसीको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?