संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

`

     २०८० वैशाख ०६ गते ११:४२

काठमाडौँ, बैशाख ६ । संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठकले कुनै निर्णय गर्न सकेन। बैठकमा प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल भएपनि कुनै निष्कर्ष निस्किएन।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए। उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?