२७५ सांसदको आवश्यकता नभएको ज्ञानेन्द्र शाहीको जिकिर

`

     २०८० वैशाख ०५ गते ३:१०

काठमाडौँ, बैशाख ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले २७५ सांसदको आवश्यकता नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रतिनिधिसभाका सांसदको संख्या २७५ बाट घटाएर १०५ गर्न माग गरेका छन् ।

व्यवस्था निकै खर्चिलो भएको बताउदै सांसद शाहीले यति धेरै सांसदको आवश्यकता नभएको बताए । व्यवस्था मुलुकको लागि चाहिने बताउदै उनले व्यवस्थाका लागि मुलुक नचाहिने बताए । उनले ३४ बर्षको इतिहासमा विकासका लागि भन्दा सत्ताका लागि संसदको प्रयोग भएको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?