लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिने

`

     २०८० वैशाख ०४ गते ४:५२

काठमाडौँ, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने भएका छन् । वैशाख ११ गते बस्ने प्रदेशसभा सचिवालय बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।

गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएपछि माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए । तर, राष्ट्रपतिको निर्वाचनसँगै सत्तागठबन्धन चेनफेन भएपछि माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

माओवादीलगायतका दलले सरकारलाई दिएको समर्थन र्फिता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री गिरीले वैशाख १२ गतेभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?