काठमाडौँ, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल पुन अस्पताल गएका छन् । उनी फलोअपका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
पेटमा समस्या भएपछि उनी यसअघि चैत १८ गते अस्पताल भर्ना भएका थिए । त्यसपछि केही दिनको उपचार पछि डिस्चार्ज भएका थिए । सो क्रममा उनले होलबढी पनि जाँच गरेका थिए । तर पूर्णरुपमा निको नभएपछि उनी आज पनि फेरी अस्पताल गएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।




