प्रदेश संरचना आवश्यक छैन : कमल थापा

`

     २०८० वैशाख ०३ गते ४:४५

काठमाडौँ, बैशाख ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रुपमा धरासायी हुने तर्फ गैरहेको तर सत्तासिन दलहरु यसतर्फ उदासिन भएको आरोप लगाएका छन् ।

थापाले भने-‘मुलुकलाई बिदेशीले ऋण पनि नपत्याउने स्थिती छ, तलब भत्ता खान ऋण लिनुपर्ने भयो, यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुदैन, खारेज गर्नुपर्छ ।’ मुलुकमा सबै क्षेत्रमा बेथिति र बिसङ्गती हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रबादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?