काठमाडौं, ३ वैशाख । प्रतिनिधिसभामा विचाराधिन रहेको टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमती गरेका शीर्ष तीन दलबीचको आज हुने भनिएको छलफल स्थगित् भएको छ।
नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा आज९आइतबार० हुने भनिएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि छलफल स्थगित् भएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।




