रवि लामिछानेले जिते पुन: उपनिर्वाचन हुन्छ – योगेश भट्टराई

`

     २०८० वैशाख ०३ गते ११:३९

काठमाडौँ, ३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने टिप्पणी गरेका छन् ।

गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई नै ढाँटेको आरोप लगाए ।

चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन आइपुगेका उनले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?