एकै दिन भारतमा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित

`

     २०७९ चैत्र ३० गते ११:१८

एजेन्सि, ३० चैत्र । भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो ।

योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?