आर्थिक वर्षको ७ महीनामा एलपी ग्यासको खपत कम हुँदै

`

     २०७९ चैत्र ३० गते १०:१०

काठमाडौं, चैत ३० । चालू आर्थिक वर्ष  २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ ।

नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?