काठमाडौं, चैत २९ । बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



