काठमाडौँ, चैत २६ । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको भाउ पनि स्थिर रहदै तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ ।




