कोसी प्रदेशको पुनःनामाकरण माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस

`

     २०७९ चैत्र २३ गते २:१०

काठमाडौँ, २३ चैत्र । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा कोशी प्रदेशको पुनःनामाकरण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?