काठमाडौँ, चैत २३ । सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापवाल सुनको मूल्य एक लाख १० हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ ।




