बारा(२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले गरे उम्मेदवारी दर्ता

`

     २०७९ चैत्र २० गते ६:००

काठमाडौँ, २० चैत्र । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले मनोनयन दर्ता गरेका छन् । सोमबार सो पार्टीका अध्यक्ष सीके राउतसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेर कुशवाहाले उम्मेदवारी दर्ता गरेका हुन् ।

कुशवाहको प्रस्तावकमा मन्तोषप्रसाद कुशवाहा रहेका छन् भने समर्थकमा जयरामप्रसाद कुशवाहा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?