खराब मौसमका कारण हवाई उडान प्रभावित

`

     २०७९ चैत्र १७ गते ४:४४

काठमाडौँ, १७ चैत्र । खराब मौसका कारण हवाई उडान प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का अनुसार दिउँसो २ बजेदेखि बिग्रिएको मौसमले आन्तरिकसँगै केही अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित हुन पुगेको हो ।

टीआइएका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार चीनको ट्यानुफू विमानस्थलबाट काठमाडौँका लागि आएको सिचुआन एयरलाइन्स खराब मौसमकै कारण ल्याण्ड गर्न नसकेर उतै फर्किएको छ । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु समेत समयमा नै उड्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?