काठमाडौँ, १५ चैत्र । नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज सफलले हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
संयोजक सफलले बुधबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै मुलुकको आर्थिक अवस्था जर्जरतातर्फ गएको र यो हेर्दा मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएको बताएका छन् ।
नेपालमा विभिन्न व्यक्तिहरुले कालोधन आर्जन गरी लुकाई राखेकोले तत्काल कालोधनलाई जफत गरी राष्ट्रियकरण गर्नुपर्ने र नेपालीहरुले विदेशी बैँकमा राखेका रकम आवश्यक कानुन बनाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।




