काठमाडौँ, १४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् ।
‘मिसन ग्रासरुट’ अभियान अन्तरगत मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्यौँ । २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’




