तीन वटा मन्त्रालयमा जसपाको दाबी

`

     २०७९ चैत्र १४ गते २:५१

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आफूहरु सरकारमा जाने वा नजाने भन्ने बारे टुंगो लागिनसकेको बताएका छन् ।

उनले पार्टी सरकारमा सहभागी हुनेबारेमा आधिकारिक निर्णय नआइसकेको र सरकारमा सहभागी हुँदै गर्दा ३ वटा मन्त्रालयमा जसपाको दाबी हुने बताए ।

‘हामी अहिले सरकारमा जाने नजानेृ भन्ने आधिकारिक निर्णय नै हुन बाँकी छ । हामीले सरकार जाँदै गर्दा तीन वटासम्म मन्त्रालय पाउनु पर्छ भन्ने हो,’– उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?