तीनवटा मन्त्रालय एकीकृत समाजवादीको बटमलाइन होः पाण्डे
काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सुशासन र गठबन्धनमा सन्तुलनका लागि आफ्नो पार्टीले गृह मन्त्रालयमा दाबी प्रस्तुत गरेको बताएका छन् ।
‘हामीले मालदार मन्त्रालय खोजेको भन्दा पनि गठबन्धनभित्र सन्तुलन मिलाउने कुरा गरेका हौं हो । मुलुकको सुशासनलाई अवस्था हेरेर पनि हामीले गृहमन्त्रालयको प्रस्ताव गरेका हौं,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।




