गृहमन्त्री बन्ने कुनै निर्णय नभएको मन्त्री श्रेष्ठको दाबी

`

     २०७९ चैत्र १३ गते ४:४३

काठमाडौँ, चैत्र १३ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले सम्हालिरहेको मन्त्रालय परिवर्तन गरेर आफू गृहमन्त्री बन्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।

‘गृहमन्त्रीका सम्बन्धमा के गर्ने भन्नेबारे मैले निर्णय गर्ने छैन, पार्टीको सिफारिस र प्रधानमन्त्रीको निर्देशनअनुसार काम गर्ने हो,’ सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अहिले सरकारको मुख्य काम जुन छ,त्यसलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्रधामन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ भन्ने लाग्छ, त्यो निर्देशनको प्रतिक्षामा छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?