शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैङ्कद्वारा १५ अर्ब ६० करोड रुपैयाँ सहयोग

`

     २०७९ चैत्र १२ गते ५:५८

काठमाडौँ, चैत्र १२ । सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैंकले १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको छ । बैंकको कार्यकारी निर्देशक समितिको बैठकले यो सहयोग रकम स्वीकृत गरेको हो । गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई उपयुक्त मार्गदर्शन गर्दै विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रममार्फत रकम परिचालन हुनेछ ।

विश्व बैंकका अनुसार प्राथमिक र माध्यमिक स्तरमा अंग्रेजी, गणित र विज्ञान विषयका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन सहयोग रकम खर्च हुनेछ । ‘मानव पुँजीको विकासको लागि गुणस्तरीय शिक्षामा लगानी महत्त्वपूर्ण छ’ विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने निर्देशक फारिस हदाद जेर्भोसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?