प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच वालुवाटरमा ‘वान टू वान’ वार्ता

`

     २०७९ चैत्र १० गते १०:३३

काठमाडौं, चैत १० । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी केन्द्र)का अध्यक्ष माधव कुमार नेपालबीच वान टू वा भेटवार्ता भईरहेको छ ।

बालुवाटारमा जारी भेटवार्तामा मन्त्रीपरिषद् विस्तार, मन्त्रालय भागबन्डा लगायत एजेन्डामा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले ६ चैतमा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारमा सहभागी हुने दलको संख्या धेरै भएपछि भागबण्डा मिलाउन दलहरूलाई सकस परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?