सभामुखको पत्रकारहरूप्रतिको टिप्पणी आलोच्य छ : महामन्त्री शर्मा

`

     २०७९ चैत्र ०५ गते ५:२९

काठमाडौँ, ५ चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना बताएका छन् । सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको उनले बताए ।

उनले भने– ‘त्यो विषय वास्तवमै गम्भीर छ । किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन् । त्यसैले के हो भने झापा क्षेत्र नं। २ बाट निर्वाचित हुनुभएको नेकपा ९एमाले० का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजारपटक सोच्नु पनि पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भिर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमत्ति छ ।’

साथै, उनले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?