भोलि शतप्रतिशतले विश्वासको मत दिनुहुन्छ भन्ने आशा छ : प्रधानमन्त्री प्रचण्ड

`

     २०७९ चैत्र ०५ गते ४:३५

काठमाडौं, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने बताएका छन्।

उनले आफूलाई शतप्रतिशत सांसदहरूले विश्वासको मत दिने दाबी गरे।

प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा संघीय संसद भवनमा पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउने बताए।

‘पहिले मलाई ९९.२५ प्रतिशतले विश्वासको मत दिनुभएको थियो। भोलि शतप्रतिशतले दिनुहुन्छ भन्ने आशा छ,’ प्रधानमन्त्री दाहालले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?