सरकारमा सहभागी हुने काँग्रेसको निर्णय

`

     २०७९ चैत्र ०५ गते १२:२३

काठमाडौँ, चैत ५ । नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?