काठमाडौँ, ५ चैत्र । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए । नेता खतिवडाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको बताए ।
‘समसामयिक भनेपछि सरकारमा जाने नजाने, विश्वासको मत, पार्टीको सांगठानिक विषय लगायतमा छलफल हुन्छ’, खतिवडाको भनाइ छ ।




