ब्राजिलका राष्ट्रपति सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको भ्रमणमा गर्ने

`

     २०७९ चैत्र ०३ गते ३:३९

काठमाडौँ, ३ चैत्र । संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमणमा निस्कने भएका छन् । उनी चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा चीन जान लागेका हुन् ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले यस बारे शुक्रबार जनाकारी दिएका छन् । भ्रमणको विस्तृत विवरण र तालिका भने सार्वजनिक हुन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?