चैत ३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिदै प्रतिपक्षलाई भेट्न २०८४ सम्म पर्खिन नपर्ने टिप्पणी गरेका छन् ।
ओलीले भने ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्यो ? त्यहाँभित्र गडबडी होलान् ।’
मतदानबाट फर्किएपछि ओलीले हारजित हुने कुरा स्वाभाविक भएको बताउदै अहिले साँठगाँठको सिस्टम भएकाले कसको शक्ति कति भन्ने नभएको टिप्पणी गरे ।




