उपराष्ट्रपति निर्वाचन जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य

`

     २०७९ चैत्र ०३ गते १२:२३

काठमाडौं, ३ फागुन । नेकपा (एमाले) बाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष उम्मेदवार उठाएर गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन् ।

आज नयाँ बानेश्वरस्थित् संसद् भवनको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उठाउनु संविधानको भावना र मर्म अनुरुप गलत भएको बताएकी हुन् ।

‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो,’– उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?