पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

`

     २०७९ पौष २१ गते २:३५

काठमाडौँ, पौष २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि नेपाल आयल निगमले उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचिरहेको छ । यही कारण निगमले १ पुसदेखि १५ पुससम्ममा एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको उल्लेख गरेको छ । १

पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ ।

भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा १ सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले १ सय ७८ रुपैयाँमा बिक्री गर्छ । यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?