राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

`

     २०७९ पौष २१ गते १:४८

काठमाडौं, पुस २१ । राष्ट्रियसभाको उप-निर्वाचन आगामी माघ २५ गते हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि एक ठाउँ रिक्त भएको थियो।

उक्त रिक्त ठाउँमा निर्वाचन हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?