(निमावि) को शिक्षक पदमा १ हजार ९५९ शिक्षक सिफारिस

`

     २०७९ पौष २१ गते १०:५६

काठमाडौँ, २१ पुस । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह ९निमावि० को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् ।

विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् । निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह ९प्रावि० को नतिजा सार्वजनिक गर्नेछ । सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ ।

यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?