प्रदेश १ राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन

`

     २०७९ पौष १५ गते ३:१४

विराटनगर, पुस १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन्।

शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको सांसद सविना बजगाइँले जानकारी दिएकी छन्।

राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।

प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?