काठमाडौँ, १५ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा पुगेका मन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने समेत स्पष्ट पारेका छन् ।
उनले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
साथै उनले हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकता दिइने उल्लेख गरे । आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप गरे दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्ने मन्त्री लामिछानेले बताए ।
त्यस्तै मन्त्री लामिछानेले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।




