एमालेले माधव नेपाललाई कुनै हालतमा पनि राष्ट्रपति नबनाउने सूर्य थापाको जिकिर

`

     २०७९ पौष १५ गते १:०३

काठमाडौं, १५ पुष । नेकपा (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले घाम र जुन रहेसम्म आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति नबनाउने टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिले बजारमा मैले के देख्छु भने माधव नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीसँग एमालेले एकता गर्दैछ, यो घाम र जुन रहेसम्म नहुने कुरा हो ।’

नेता थापाले आफ्नो दलको नेकपा ९माओवादी केन्द्र० सँग सम्बन्ध सुध्रिएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कटु आलोचकका रुपमा चिनिएका थापाले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै सम्बन्ध सुध्रिएको बताएका हुन् ।

‘प्रचण्डसँग सम्बन्ध बिग्रिएको थियो, उनि बालकोट गएर लयमा फर्किए । कलाकारहरुले ‘के छ खबर पुरानो जोडाको’ भनेर गीतसमेत बनाइसके,’ थापाले भने । साथै नेपाली कांगे्रसको नेतृत्वमा रहेको पूर्व पाँच दलीय गठबन्धनलाई थापाले बदनाम, जनविरोधी, विकास विरोधी र निकम्मा गठबन्धनको संज्ञा दिएका छन् । हालै सम्पन्न मंसिर ४ को निर्वाचनले कांगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धनको विदाइ भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?