काठमाडौँ, पुस १४ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुगेको छ । कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।
यस दिन सबै उपसमूह बढेका छन् । बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंक बढे । २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ को घट्यो । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढ्यो ।




