एमाले अध्यक्ष ओली भए सत्ता साझेदार दलको संयोजक

`

     २०७९ पौष १४ गते ११:३७

काठमाडौं,पुस १४ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ।

आजको छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको बैठकमा सहभागी गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।

‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने, ‘सरकारमा रहेका दलहरूबाट एकरएक जना सदस्य पनि पठाउने तयारी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?