नेप्सेमा ११.८१ अङ्कको गिरावट

`

     २०७९ पौष १३ गते ३:३७

काठमाडौँ, पुस १३ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.८१ अंकले घट्दै १९ सय ७२ अंकमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७२ अंकले घट्दै ३८१.३२ अंकमा झर्न पुगेको छ । आज दोहोरो अंकले घटेको बजारमा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, हाइड्रोपावर, जीनव बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा समूह धनात्मक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?