काठमाडौँ, पुष १३ । चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान भित्र्याएको छ ।
नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत गरेको हो ।
‘केरुङरसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुरु भएको छ । नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ ‘चीन नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन छ ।’
कोभिड महाहारी पछि लामो समय नेपाल चीन नाकामा अवरोध देखिएको थियो ।




