गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ

`

     २०७९ पौष १३ गते ११:३८

काठमाडौँ, पुस १३ । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बस्याललाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुखको निवासमा नै शपथ ग्रहण गरिएको हो ।

उनले शपथ ग्रहण गरिसकेपछि अब प्रदेशसभाका अन्य सदस्यलाई शपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?