काठमाडौँ, पुस १२ । सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताएका छन् ।
नेता शर्माले जनादेश नै त्यस्तै आएकाले आफूहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘हामी फुट्यौँ, झगडा पनि गर्यौँ । अब मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमीक्षा गरेर अघि बढछौं,’ उनले भने ।
नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।




