सुनको मूल्यमा वृद्धि

`

     २०७९ पौष १२ गते ११:०३

काठमाडौं, पुस १२ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर १ लाख ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?