प्रदेश १ का सांसदहरूले गरे शपथ ग्रहण, एमालेले सरकार बनाउने सम्भावना

`

     २०७९ पौष ११ गते २:२७

काठमाडौं, पुस १० । प्रदेश नम्बर १ प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मन्डलले गराएका हुन्।

प्रदेश १ मा नेकपा एमाले ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एस ४ र जसपा १ जना सांसद छन्।

यहाँ एमालेले सरकार बनाउने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?