काठमाडौँ, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रयस सदस्य गणेश कार्कीले पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । तर केन्द्रीय सदस्य कार्कीले भने प्रचण्ड नेतृत्वको सरकारमा जाने पार्टीको निर्णयको आलोचना गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै रास्वपा पनि सत्ता स्वार्थमा लागेको आरोप लगाएका छन् । उनले निर्वाचनमा आफूहरुले फरक गर्ने भन्दै जनतामा मत मागेकाले तत्काल सरकारमा जान उचित नभएको उल्लेख गरेका छन् ।
" />




