मालदिभ्सका पूर्व राष्ट्रपति यामिनलाई जेल सजाय

`

     २०७९ पौष ११ गते ९:४६

काठमाडौँ, पौष ११ । माल्दिभ्सको एक अदालतले आइतबार पूर्व राष्ट्रपति अब्दुल्ला यामिनलाई ११ वर्षको जेल सजाय सुनाएको छ ।

यामिनलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरिएको छ । अदालतले यामिनलाई आरोपमा दोषी ठहर गर्दै ५० लाख डलर जरिवाना गरेको थियो ।

अदालतले यामीनलाई सरकारी स्वामित्वमा रहेको टापुको भाडाको बदलामा घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ । यामिन सन् २०१३ देखि २०१८ सम्म माल्दिभ्सका राष्ट्रपति थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?